भाग ३५ : संक्षिप्त नाम, प्रारम्भ र खारेजी | नेपालको संविधान २०७२
भाग–३५
संक्षिप्त नाम, प्रारम्भ र खारेजी
३०७. संक्षिप्त नाम र प्रारम्भ :
- यस संविधानलाई “नेपालको संविधान” भनिनेछ ।
- यो संविधान संवत् दुई हजार बहत्तर साल असोज महीनाको तीन गतेदेखि प्रारम्भ हुनेछ ।
३०८. खारेजी :
नेपालको अन्तरिम संविधान, २०६३ खारेज गरिएको छ ।