अनुसूची १: नेपालको राष्ट्रिय झण्डा | नेपालको संविधान २०७२

[ View English Version of this law ] [ पूर्ण कानून हेर्नुहोस् /डाउनलोड गर्नुहोस् ]

अनुसूची-१
(धारा ८ को उपधारा (२) सँग सम्बन्धित)

नेपालको राष्ट्रिय झण्डा



नेपालको राष्ट्रिय झन्डा बनाउने तरिका


(क) किनाराभित्रको आकार बनाउने तरिका

(१) एउटा सिम्रिक रंगको रातो कपडामा तल्लो भागमा चहिएको जति लम्बाइको रेखा बायाँबाट दाहिनेतिर खिच्ने र यसलाई क ख नाम राख्ने।

(२) क बाट सीधा माथि ग सम्म क ख कै त्रितीयाँश थप्दा जती हुन्छ त्यति लामो हुने गरी क ग रेखा खिच्ने। क ग मा क बाट क ख को लम्बाइ जति लिई घ चिनो लगाउने। ख र घ जोड्ने।

(३) ख घ रेखामा ख बाट क ख जति लिई ङ चिनो लाउने ।

(४) ङ हुँदै क ख को समानान्तर पारेर क ग मा पर्ने बिन्दु च बाट शुरुगरी दाहिनेतिर छ सम्म क ख को लम्बाइ जति रेखा खिच्ने ।

(५) ग र छ लाई जोड्ने ।


(ख) चन्द्र बनाउने तरीका

(६) क ख को चतुर्थांश जति क बाट दाहिनेमा ज चिनो लाउने रत्यहाँबाट माथि क ग को समानान्तर पारेर ग छ लाई झ मा छुनेरेखा खिच्ने ।

(७) ग च को आधा ञ बाट क ख को समानान्तर पारेर रेखा दायाँतिरखिची ग छ लाई ट मा छुने ।

(८) ञ ट र ज झ रेखा काटिएको ठाउँमा ठ चिनो राख्ने ।

(९) ञ र छ जोड्ने ।

(१०) ञ छ र ज झ काटिएको बिन्दुमा ड चिनो लाउने ।

(११) ड लाई केन्द्र मानी ख घ रेखालाई न्यूनतम अन्तर पर्ने गरी स्पर्शगर्दा हुने जति दूरी पर्ने गरी ज झ रेखाको तल्लो भागमा ढ चिनोलगाउने।

(१२) ड मा छोई क ख को समानान्तर रेखा बायाँबाट दायाँतिर खिच्ने रयसले क ग लाई छोएको बिन्दुको नाम ण राख्ने ।

(१३) ठ केन्द्र लिएर ठ ढ व्यासाद्र्धले तल्लो भागमा वृत्त खण्ड खिच्ने र णड बाट गएको रेखालाई यसले छोएको दुवै ठाउँमा क्रमशः त र थनाम राख्ने ।

(१४) ड लाई केन्द्र मानी ड थ व्यासाद्र्धले तल्लो भागमा अर्ध वृत्ताकार तथ लाई छुने गरी खिच्ने ।

(१५) ढ केन्द्र मानी ढ ड को व्यासाद्र्धले त ढ थ वृत्त खण्डको दुवैतर्फछुने गरी वृत्त खण्ड खिच्ने र यसले त ढ थ लाई छोएकोविन्दुहरूको नाम क्रमशः द र ध राख्ने । द ध लाई जोड्ने । द ढ रज झ काटिएको विन्दुको नाम न राख्ने ।

(१६) न लाई केन्द्र मानेर व्यासाद्र्ध न ध ले त ढ थ को माथिल्लो भागमादुवै ठाउँमा छुने गरी अर्ध वृत्ताकार खिच्ने ।

(१७) न लाई केन्द्र मानेर व्यासाद्र्ध न ड ले त ढ थ को माथिल्लोभागमा दुवै ठाउँमा छुने गरी वृत्त खण्ड खिच्ने ।

(१८) यस अनुसूचीको नं. (१६) को अर्ध वृत्ताकार भित्र र नं. (१७) कोवृत्त खण्ड बाहिर चन्द्रमाको आठवटा बराबरका कोण बनाउने ।


(ग) सूर्य बनाउने तरीका

(१९) क च को आधा प बाट क ख को समानान्तर पारेर ख ङ मा छुने गरीप फ रेखा खिच्ने ।

(२०) ज झ र प फ काटिएको विन्दु ब केन्द्र मानेर ड ढ को व्यासाद्र्धलेवृत्ताकार पूरा खिच्ने ।

(२१) ब लाई केन्द्र मानेर ठ ढ व्यासाद्र्धले वृत्ताकार पूरा खिच्ने ।

(२२) यो अनुसूचीको नं. (२०) को वृत्ताकार बाहिर र यो अनुसूचीको नं. (२१) को वृत्ताकारभित्र परेको गोल घेराको बीच भागमा सूर्यकोबाह्रवटा बराबरका कोणहरू दुई चुच्चाहरूले ज झ रेखामा छुने गरीबनाउने ।


(घ) किनारा बनाउने तरीका

(२३) न ढ को चौडाइ जति गाढा नीलो रंगको किनारा झण्डाको आकारकोबाहिरी सबैतिरको सीमामा थप्ने, तर झण्डाको पाँच कोणहरूमा चाहिंबाहिरी कोणहरू पनि भित्रै सरहका बनाउने ।

(२४) झण्डा डोरी लगाई प्रयोग गरेमा माथि बताइएकै पट्टी राख्ने । झण्डालट्ठीमा घुसार्ने हो भने क ग पट्टि आवश्यक परे जति किनाराचौड्याउने । डोरी वा लट्ठीको प्रयोगमा क ग को पट्टीमा प्वाल राख्ने।


स्पष्टीकरण:

झण्डा बनाउँदा खिचिएका ज झ, द ध, च ङ, ङ घ, ञ छ, ण थ, ञ ट र प फ रेखाहरू कल्पित हुन् । त्यस्तै सूर्यका बाहिरी रभित्री वृत्ताकारहरू तथा खुर्पे चन्द्र बाहेक अरु वृत्त खण्ड पनि कल्पितहुन् । यिनलाई झण्डामा देखाइँदैन ।

द्रष्टव्य:

राष्ट्रिय झण्डाको आकार नेपाल सरकारले निर्धारण गरेबमोजिम हुनेछ ।




वा, सामग्रीको तालिका हेर्नुहोस्:
प्रस्तावना
भाग १ : प्रारम्भिक
भाग २ : नागरिकता
भाग ३ : मौलिक हक र कर्तव्य
भाग ४ : राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व
भाग ५ : राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड
भाग ६ : राष्ट्रपति र उपराष्ट्रपति
भाग ७ : संघीय कार्यपालिका
भाग ८ : संघीय व्यवस्थापिका
भाग ९ : संघीय व्यवस्थापन कार्यविधि
भाग १० : संघीय आर्थिक कार्यप्रणाली
भाग ११ : न्यायपालिका
भाग १२ : महान्यायाधिवक्ता
भाग १३ : प्रदेश कार्यपालिका
भाग १४ : प्रदेश व्यवस्थापिका
भाग १५ : प्रदेश व्यवस्थापन कार्यविधि
भाग १६ : प्रदेश आर्थिक कार्यप्रणाली
भाग १७ : स्थानीय कार्यपालिका
भाग १८ : स्थानीय व्यवस्थापिका
भाग १९ : स्थानीय आर्थिक कार्यप्रणाली
भाग २० : संघ, प्रदेश र स्थानीय तह बीच अन्तरसम्बन्ध
भाग २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग
भाग २२ : महालेखा परीक्षक
भाग २३ : लोक सेवा आयोग
भाग २४ : निर्वाचन आयोग
भाग २५ : राष्ट्रिय मानव अधिकार आयोग
भाग २६ : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
भाग २७ : अन्य आयोगहरू
भाग २८ : राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था
भाग २९ : राजनीतिक दल सम्बन्धी व्यवस्था
भाग ३० : संकटकालीन अधिकार
भाग ३१ : संविधान संशोधन
भाग ३२ : विविध
भाग ३३ : संक्रमणकालीन व्यवस्था
भाग ३४ : परिभाषा र व्याख्या
भाग ३५ : संक्षिप्त नाम, प्रारम्भ र खारेजी
अनुसूची १: नेपालको राष्ट्रिय झण्डा
अनुसूची २ : नेपालको राष्ट्रिय गान
अनुसूची ३ : नेपालको निशान छाप
अनुसूची ४ : प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू
अनुसूची ५ : संघको अधिकारको सूची
अनुसूची ६ : प्रदेशको अधिकारको सूची
अनुसूची ७ : संघ र प्रदेशको साझा अधिकारको सूची
अनुसूची ८ : स्थानीय तहको अधिकारको सूची
अनुसूची ९ : संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची